नेपालमा विकसित घटनाक्रमलाई नियालिरहेको राष्ट्रसंघको महासचिवको भनाइ

7
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा पछिल्लो दुई दिनमा विकसित घटनाक्रमलाई नजिकैबाट नियालिरहेको बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा आफ्नो खाताबाट पोस्ट गर्दै उनले जीवन क्षति भएकोमा गहिरो चिन्ता पनि व्यक्त गरेका छन् ।

उनले लेखे, ‘म घटनाको पूर्ण अनुसन्धानका साथै थप हिंसा भड्किन नदिन र सिर्जनात्मक बाटोका लागि संवाद गर्न आग्रह गर्दछु । अधिकारीहरूलाई मानवअधिकार कानूनको पालना गनै म आह्वान गर्दछु । सबै विरोध कार्यक्रमहरू शान्तिपूर्ण हुनुपर्छ र त्यसक्रममा जीवन तथा सम्पत्तिको सम्मान गर्नुपर्छ ।’