कपिलवस्तु कारागारबाट कैदी फरार

0
Shares

कपिलवस्तु । कपिलवस्तु कारागारबाट कैदीबन्दीले सुरक्षा घेरा तोडेर फरार भएका छन् । जेनजी आन्दोलनको मौका पारेर कारागार तोडफोड गरी ४ सय जनाभन्दा बढी कैदीवन्दी फरार भएका छन् ।

प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङका अनुसार कारागारमा ४७० जना कैदी थिए । तीमध्ये ३५ जना भने कारागारमै रहेको प्रमुख जिल्ला अधिकारीले बताए । दुई ब्लकबाट भागेका भागेकामध्ये २० जनालाई पक्राउ गरिएको उनले बताए ।

कारागारबाट फरार भएका कैदी बन्दीले नजिकै रहेको कपिलवस्तु अदालतमा तोडफोड र आगजनी गरेका छन् । आगजनीबाट कारागारका कागजातहरू जलेका र भवनको संरचना तथा उपकरणहरूमा समेत क्षति पुगेको छ ।