
काठमाडौं । नेपाली सेनाले विषम परिस्थितिमा मुलुकमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले निषेधाज्ञा र कर्फ्युको जारी गरेको जनाएको छ । सेनाले अत्यावश्यक वाहेक सेनाको समन्वयको आधारमा घर बाहिर निस्कन आग्रह गरेको छ ।
देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी हाल लागु गरिएको निषेधाज्ञा आज साँझ ५ बजेसम्म र कर्फ्यु भोलि बिहान ६ बजेसम्म देशभर निरन्तर रहने सेनाले जनाएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयबाट बुधबार जारि भएको विज्ञप्तिअनुसार आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समूहहरुले घुसपैठ गरी व्यक्तिगत तथा सार्वजनिक सम्पति तोडफोड र आगजनी, लुटपाट र व्यक्ति लक्षित हिंसक आक्रमण, बलात्कारका प्रयासजस्ता क्रियाकलाप भइरहेको र हुने सम्भावना भएकाले शान्ति सुरक्षा कायम गर्न निषेधाज्ञा र कर्फ्यूको अवधी बढाइएको जारी सूचनामा उल्लेख छ ।

निषेधाज्ञा र कर्फ्युको अवधिमा अत्यावश्यक सेवाका सवारी साधन(एम्बुलेन्स, शब वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि सवारी साधनहरु) लाई सुरक्षाकर्मीको समन्वयमा सञ्चालन गर्न सकिने उल्लेख छ ।
सेनाले आन्दोलनको नामा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पति लक्षित आक्रमणलाई दण्डनीय अपराधका रुपमा लिएर सुरक्षाकर्मीबाट कडा कारवाही हुने उल्लेख छ ।
सेनाले सुरक्षाकर्मी, राष्ट्रसेवक, सञ्चारकर्मी र आम नागरिकलाई अफवाह पछाडि नलाग्न पनि आग्रह गरेको छ ।








प्रतिक्रिया