झुम्का कारागारबाट पनि कैदीबन्दी फरार

0
Shares

काठमाडौं । सुनसरीको झुम्कास्थित कारागारबाट कैदीबन्दी फरार भएका छन् ।

जेनजी प्रदर्शनकारीका नाममा पुगेको समूहले मंगलबार राति कारागारबाट कैदीबन्दी भगाएका हुन् ।

झुम्का कारागारमा ‘ए’ र ‘बी’ गरी १०९८ जना कैदी रहेका थिए । जेलर सुवास लामिछानेका अनुसार उक्त समूहले बल प्रयोग गरेर कैदीबन्दी भगाएका हुन् ।

उनका अनुसार अधिकांश कैदीबन्दी भागे । कैदीबन्दी भाग्दै गर्दा नेपाली सेनाको टोली पुगेपछि केहीलाई भित्रै राखिएको छ । जेनजीको नाममा आएको समूहले मोरङको इलाका प्रहरी कार्यालय पथरी र उर्लाबारीमा रहेका सबै थुनुवालाई पनि भगाएका छन् । उर्लाबारीमा १९ र पथरीमा १४ जना थुनुवा थिए । उक्त समूहले पथरीको मुद्दा शाखाका कागजात पनि जलाएका छन् ।