
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले आफ्नो पदबाट राजिनामा दिएका छन् ।
समाजिक सञ्जालमा स्टाट्स राख्दै मुख्यमन्त्री सिंहले आफ्नो पदबाट राजिनामा दिएको उल्लेख गरेका छन् ।
‘जनताको विश्वास र मतबाट निर्वाचित भएर जनप्रतिनिधि बन्नु मेरा लागि जीवनकै ठूलो गौरव थियो । तर नागरिककै जीवन सुरक्षित गर्न नसकिएको वर्तमान परिस्थितिले मलाई आत्मसम्मानपूर्वक यो निर्णय लिन बाध्य बनाएको छ,’ उनले भनेका छन्,’ नागरिकको ज्यान भन्दा ठूलो अरु केही छैन भन्ने अटल विश्वासका साथ, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु ।’








प्रतिक्रिया