त्रिभुवन विमानस्थलमा आन्तरिकतर्फका सबै उडान रद्द

273
Shares

काठमाडौं जेनजी पुस्ताको आन्दोलका कारण उडान व्यवस्थापन मिलाउन नसकिएको र यात्रु सुरक्षालाई ध्यानमा राखेर आजको सबै आन्तरिक उडान रद्द भएको छ । बुध्द एयरले आजको लागि तय भएका सबै उडान रद्द गरेको छ ।

बुध्द एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णका अनुसार यात्रुको सुरक्षालाई प्राथमिकता दिनुपरेको र असहज परिस्थितिका कारण उडान बन्द गर्नुपरेको हो । उनले भने अस्वभाविक एवं गम्भिर परिस्थिति तथा सुरक्षाका कारण आजका सम्पूर्ण उडान स्थगन एवं रद्द गरिएको छ ।’

यति एयरलाइन्सले पनि आफ्ना सम्पूर्ण उडान रद्द गरेको छ । उडान व्यवस्थापन मिलाउन सकस भएको यात्रु आउन नकसेकाे र गन्तव्यवमा पुर्याएर पनि यात्रु सुरिक्ष पुग्न नसक्ने भएपछि उडान रद्द भएको हो ।