नेपालमा भइरहेको प्रदर्शनका विषयमा भारत सरकारले देखायो चासो

2.4k
Shares

काठमाडौं । नेपालमा जेनजीले भ्रष्टाचार र कुशासनविरुद्ध गरिरहेको विरोध प्रदर्शनलाई नजिकैबाट नियालिरहेको भारत सरकारले जनाएको छ ।

भारतको विदेश मन्त्रालयले मंगलवार एक विज्ञप्ति जारी गर्दै नेपालमा सोमवारदेखि विसिकत घटनाक्रमलाई नजिकैबाट नियालिरहेको जनाएको हो । उसले युवाहरूको ज्यान गएकोमा गहिरो पीडा पनि व्यक्त गरेको छ ।

भारतले मृतकका परिवारलाई समवेदना पनि दिएको छ । विरोध प्रदर्शनमा घाइते भएका मानिसको शीघ्र स्वास्थ्य लाभको कामना पनि उसले गरेको छ ।

नेपालको निकट मित्र र छिमेकी भएको नाताले सबै पक्षले संयम अपानउने र सबै विषयलाई शान्तिपूर्ण तरिका तथा संवादमार्फत हल गर्ने आशा लिएको पनि भारतको विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले काठमाडौं र अन्य शहरहरूमा लगाएको कर्फ्युलाई पनि आफूहरूले विचार गरेको भारतले जनाएको छ । नेपालमा रहेका भारतीय नागरिकलाई सतर्कता अपनाउन र नेपाल अधिकारीहरूले जारी गरेको निर्देशिका पालन गर्न पनि भारत सरकारले सुझाव दिएको छ ।