
काठमाडौं । प्रमुख विपक्षी दलका नेता तथा माओवादी अध्यक्ष प्रचण्डले आह्वान गरेको विपक्षी दलहरुको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी नहुने भएको छ ।
यसअघि प्रचण्डले बोलाएको बैठकमा सहभागी हुने गरेको रास्वपा पछिल्लो परिस्थिति र जेनजी आन्दोलनका माग विश्लेषण गर्दै बैठकमा नजाने भएको हो ।
यसैबीच रास्वपाको केन्द्रीय समितिको आकस्मिक बैठक आजै बस्दैछ । कार्यवाहक सभापति डोल प्रसाद अर्यालले अपरान्ह १ बजे केन्द्रीय कार्यालयमा पछिल्लो परिस्थितिबारे छलफल गर्न बैठक डाकेका हुन् ।








प्रतिक्रिया