
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले एमाले पार्टी छोडेकी छन् । उनले नेकपा एमाले त्यागेको घोषणा सामाजिक सञ्जाल फेसबुकमार्फत गरेकी छन् । उनले आफू जनताकै कलाकार बनिरहन चाहेको भन्दै एमाले छोडेको बताएकी छन् ।
उनी लेख्छिन्, ‘अहिलेसम्म कुनै राजनीतिक संस्थामा मेरो संलग्नता यी सबै मूल्य र प्राथमिकताको हितमा मात्र थियो । तर आजदेखि म कुनै राजनीतिक दल वा संगठनसँग आबद्ध नभएको कुरा स्पष्ट पार्न चाहन्छु ।’
अघि लेख्छिन्, ‘म जनताकै कलाकार थिएँ । जनताकै आवाज थिएँ । आगामी दिनमा पनि त्यही रुपमा रहिरहन चाहन्छु ।’








प्रतिक्रिया