
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासतर्फ अगाडि बढेका जेनजीका प्रदर्शनकारीलाई प्रहरीले बीच बाटोमै रोकेको छ ।
मंगलबार केही प्रदर्शनकारी देउवा निवासतर्फ अगाडि बढेपनि प्रहरीले कृष्णपाटी चोकमा रोकेको छ ।
यद्यपि, प्रदर्शनकारी थपिने संख्या बढ्दै गएको छ ।
प्रदर्शनकारीले सञ्चारमन्त्री पीएस गुरुङको सुनाकोठीस्थित निवासमा आगजनि गरेका छन् भने प्रचण्ड निवास खुमलटारमा पनि तोडफोड गरिरहेका छन् ।
आन्दोलनको दोस्रो दिन मुलुकका विभिन्न ठाउँहरुमा आन्दोलन भइरहेका छन् ।








प्रतिक्रिया