
काठामाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् ।
जेनजीले सोमबार गरेको प्रदर्शन हिँसात्मक बनेपछि क्रुद्ध बनेका प्रदर्शनकारीले दोस्रो दिन मंगलबार कर्फ्युका बाबजुद प्रदर्शनकारी उग्र बनेका हुन् । उनीहरु नेताको घर र निवासमा तोडफोडमा उत्रिएका छन् ।
यसैक्रममा प्रदर्शनकारीले माओवादी अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवासमा तोडफोड गरेको हो । यसअघि प्रदर्शनकारीले उनको निवास प्रवेश गर्नुअघिको प्रहरी बिटसमेत तोडफोड गरेका थिए ।








प्रतिक्रिया