काठमाडौंमा कर्फ्यु आदेशजारी भएसँगै मंगलबार सेयर बजार पनि बन्द

42
Shares

काठमाडौं । काठमाडौंमा कर्फ्यु आदेश जारी भएसँगै जिल्ला मंगलबार सेयर बजार बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ भित्रको क्षेत्रमा निषेधाज्ञा जारी गरेपछि मंगलबार सेयर बजार पनि बन्द भएको हो ।

निषेधाज्ञा जारी भएसँगै मंगलबार बैंक तथा वित्तीय संस्थाका साथै सेयर बजार पनि बन्द भएको हो ।

नेपाल सटक एकसचेञ्ज (नेप्से) ले एक सूचना प्रकाशित गर्दै २४ भदौ मंगलबारको लागि सम्पूर्ण धितोपत्रको कारोबार स्थगन भएको जनाएको छ ।

‘जिल्ला प्रशासन कार्यालय काठमाडौंले २०८२ भदौ २४ गते बिहान ८ः३० बजेदेखि लागू हुने गरी काठमाडौं जिल्लाको चक्रपथ भित्र कर्फ्यु आदेश जारी गरेको तथा धेरै कारोबार सदस्य तथा लगानीकर्ताहरुबाट समेत कारोबार स्थगन गर्न अनुरोध भई आएकोले सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार आज (२०८२ भदौ २४) को सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ,’ नेप्सेले जारी गरेको सूचनमा भनिएको छ ।