जेनजीको प्रदर्शन र कर्फ्युका कारण आज बैंक नखुल्ने

12.9k
Shares

काठमाडौं । देशैभर प्रदर्शन चर्किएपछि बैंक तथा वित्तीय संस्था नखुल्ने भएका छन् । जेनजीको प्रदर्शनमा राज्यले दमन गरेसँगै आक्रोश बढेपछि संयमताका लागि बैंकहरु बन्द गर्न लगिएको हो ।

जेनजीको प्रदर्शन रोक्न प्रशासनले काठमाडौं उपत्यकाको चक्रपथभित्र निषेधाज्ञा जारी गरिएको छ भने देशका विभिन्न सहरमा पनि कर्फ्यु लगाइएको छ । सोही परिस्थितिलाई मध्यनजर गर्दै नेपाल बैंकर्स संघले मंगलबार बैंकहरुको शाखा नखोल्ने निर्णय गरेको हो ।

बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले क्लिकमान्डुसँग भने, ‘निषेधाज्ञा जारी भएको क्षेत्रमा बैंकका शाखा नखोल्ने निर्णय गरेका छौं । निषेधाज्ञा नभएका स्थापना पनि कर्मचारीहरु अन्यत्रबाट जानुपर्ने भएकाले शाखा खोल्न सम्भव नहुने देखिएको छ ।’ उनले नेपाल राष्ट्र बैंकसँग समन्वय गरेरै बैंक नखोल्ने निर्णयमा पुगेको बताए ।

बैंकरले अन्यत्रसमेत प्रदर्शन फैलने अनुमानसहित बैंक वित्तीय संस्थामा पनि तोडफोड र आगजनीको जोखिम रहेको निष्कर्ष निकालेका छन् ।

सोमबारको प्रदर्शनमा राज्यले हिंसात्मक कदम चाल्दा १९ जनाको मृत्यु भएको छ भने सयौं युवा घाइते बनेका छन् ।

मंगलबारको सम्भावित जोखिम मध्यनजर गर्दै देशका विभिन्न स्थानमा कर्फ्यु लागेको छ ।

Skip This