
काठमाडौं । जेनजीको आन्दोलनको क्रममा प्रहरीको गोली लागेर घाइते भएका ४०० बढीको उपचार भइरहेको छ । यसमध्ये ट्रमा सेन्टरमा उपचार गराइरहेका ११ जनाको अवस्था गम्भीर रहेको छ ।
अस्पतालका अनुसार ११ जनाको अवस्था जटिल छ । तीमध्ये पाँच जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
अस्पतालका प्रमुख डा बद्री रिजालका अनुसार ३० जनाभन्दा बढीको शल्यक्रिया गर्नुपर्ने भएको छ ।
अस्पतालले मंगलबार ओपीडी र नियमित शल्यक्रिया बन्द गरेर प्रर्दशनमा घाइते भएको उपचार गर्ने तयारी गरेको छ ।
‘हिजोको प्रर्दशनमा घाइते भएका बिरामी र आकस्मिक केशका मात्रै शल्यक्रिया गर्ने व्यवस्था गरिएको छ’, डा रिजालले भने, ‘अस्पतालको सबै स्वास्थ्यकर्मीलाई काममा खटिनु भएको छ ।’
सोमबार राति ११ जनाको अप्रेशन गरिएको थियो ।
‘हिजो सकेसम्म ज्यान बचाउने कोसिस गरियो’, डा रिजालले भने, ‘ हामीकहाँ जटिल खालका बिरामी हुनुहुन्छ । चोटपटक लागेका, गोली लागेका बिरामीको शल्यक्रिया दिँउसोभर चल्नेछ ।’








प्रतिक्रिया