ट्रमा सेन्टरमा मृत्यु भएकामध्ये ६ जनाको परिचय खुल्यो

1.8k
Shares

काठमाडौं । जेनजीको प्रदर्शनका देशभर गरी १९ जनाले ज्यान गमाए । त्यसमध्ये ८ जनाको काठमाडौंको ट्रमा सेन्टरमा मृत्यु भएको छ । मृत्यु भएकाहरू मध्ये ६ जनाको परिचय खुलेको छ ।

प्रदर्शनका क्रममा काठमाडौं उपत्यकामा १७ र इटहरीमा २ जना गरी १९ जनाको मृत्यु भएको थियो ।

ट्रमा सेन्टरमा ज्यान गुमाउनेहरूमा ठेगाना नखुलेका १९ वर्षीय श्रीराम चौलागाई, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षीय बुद्धि बहादुर तामाङ, ठेगाना नखुलेका २८-२९ वर्षका गौरव जोशी, ठेगाना नखुलेका २४-२५ वर्षका सौरभ कटुवाल, बनस्थली काठमाडौंका २६ वर्षीय ईश्वतबहादुर अधिकारी, ठेगाना र नाम नखुलेको २७-२८ वर्षका युवक, ठेगाना नखुलेको २६-२७ नाम नखुलेको व्यक्तिको मृत्यु भएको छ ।