मन्त्रिपरिषद् बैठक: सामाजिक सञ्जाल खोल्न प्रधानमन्त्री ओलीले मानेनन्

3.7k
Shares

काठमाडौं । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध तत्काल खोल्नेबारे मन्त्रिपरिषद् बैठकमा छलफल भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले नखोल्ने अडान लिएका छन् ।

मन्त्रिपरिषद्अघि बसेको सत्ता साझेदार दल नेपाली कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले प्रतिबन्ध खोल्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो । कांग्रेसका मन्त्रीले पार्टीको निर्णय सुनाउँदै सामाजिक सञ्जाल खोल्नुपर्ने प्रस्ताव राखेका थिए तर प्रधानमन्त्री ओलीले तत्काल प्रतिबन्ध हटाउन नमिल्ने बताए ।

हाल प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच यसबारे बालुवाटारमा थप छलफल भइरहेको स्रोतले जनाएको छ ।