
काठमाडौं । सूचीकरणमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयपछि सोसल प्लेटफर्म एक्स (ट्विटर) सरकारको सम्पर्कमा आएको छ ।
ट्विटरको सिंगापुरस्थित कार्यालयबाट सञ्चार मन्त्रालयमा आधिकारिक पत्राचार भएको मन्त्रालयले जनाएको छ।
सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार आज ट्विटरबाट इमेल प्राप्त भएको हो । सिंगापुरस्थित कार्यालयबाट मार्क नामका व्यक्तिले पठाएको सो इमेलमा दर्ता प्रक्रिया र आवश्यक कागजातसम्बन्धी जानकारी मागिएको छ ।
आवश्यक कागजातका विवरणसहित मन्त्रालयले जवाफ पठाइसकेको छ ।







प्रतिक्रिया