माछापुच्छ्रे बैंकले बोलायो साधारणसभा, दशैं अघि नै लाभांश खातामा आउने

518
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले साधारणसभा बोलाएको छ । बैंकले लाभांश पारित गर्नेलगायत प्रस्तावसहित असोज १० गते शुक्रबार सभा बोलाएको हो ।

सभा होटल पोखरा ग्रान्डमा बिहान ११ बजे सुरू हुनेछ ।

सभाका लागि ४ प्रतिशत नगद लाभांश पारित गर्ने, ४ प्रतिशत बोनस सेयर पारित गर्ने, ८.२५ प्रतिशत लाभांश दिने ३ अर्ब रूपैयाँबराबरको अविमोच्य प्रकृतिको अग्राधिकार सेयर जारी गर्ने लगायतका प्रस्ताव रहेका छन् ।

सेयरधनीको खातामा लाभांश दशैंअघि नै पठाउने योजना बैंकले बनाएको छ ।