
काठमाडौं । सरकारले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । यससँगै नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरु फेसबुक, एक्स, इन्टाग्राम, म्यासेन्जर लगायत दर्ता नभएका सामाजिक सञ्जाल बन्द हुने भएका हुन् ।
‘मन्त्रिपरिषद्को जे जति निर्णय भएको थियो त्यसलाई कार्यान्वयन गर्ने निर्णय भयो । जुन सञ्चालनमा रहेका छन् र सञ्चालनका लागि सूचीकृतका लागि निवेदन दिएका बाहेक सबैलाई निष्क्रिय बनाउने निर्णय भएको छ र त्यसको कार्यान्वयनका लागि प्राधिकरणलाई निर्देशन दिने निर्णय भएको छ । प्रक्रियाका लागि केही समय लाग्न सक्छ,’ मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठकुरले भने ।
५ वटा सूचीकृत भइसकेका र दुईवटा (टेलिग्राम र ग्लोबल डायरी)ले निवेदन दिएको उनले बताएका छन् ।
उनका अनुसार भाइबर, टिकटक, विटक, निम्बज, पोपोलाइन नेपालमा यसअघि ने सूचीकरण भइसकेकाले ती सञ्चालनमा रहने उनले बताए ।
फेसबुक, ट्वीटर (एक्स), वाट्सएप लगायतका सामाजिक सञ्जाल भने सूचीकरणको प्रक्रियामा नआएका हुन् ।







प्रतिक्रिया