
एजेन्सी । चीनको थ्यानचिन शहरमा भइरहेको शाङ्हाई सहकार्य संगठन (एससीओ) को शिखर सम्मेलनमा सोमवार थ्यानचिन घोषणापत्र जारी भएको छ ।
सिन्ह्वा समाचार संस्थाले प्रकाशन गरेको समाचारअनुसार, एससीओका सदस्य राष्ट्रहरूले सम्मेलनका क्रममा थ्यानचिन घोषणापत्र जारी गरेका हुन् ।
त्यसका साथै एससीओ सदस्यहरूले सन् २०२६ देखि २०३५ सम्मका लागि संगठनको विकास रणनीतिलाई पनि पारित गरेका छन् ।
उनीहरूले बहुपक्षीय व्यापार प्रणालीलाई समर्थन गर्दै विज्ञप्ति पनि जारी गरेका छन् ।
यसको विस्तृत विवरण आउन बाँकी छ ।








प्रतिक्रिया