बैंकर र व्यवसायी छुट्याउने बाफिया संशोधन प्रस्तावप्रति चन्द्र ढकालको असन्तुष्टि

203
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) लाई संशोधन गर्न बनेको विधेयकप्रति असन्तुष्टि जनाएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले असन्तुष्टि प्रकट गरेका हुन् ।

कुनै बैंक वा वित्तीय संस्थाको प्रोमोटरको नातेदारको कुनै एक जनाले अर्को निजी कम्पनीको १० प्रतिशत मात्र सेयर दियो भने ९० प्रतिशत अरु प्रमोटर भएको निजी कम्पनीले नै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउने बाफिया अहिले ड्राफ्ट भइरहेको उनको भनाइ छ ।

यसले आम नागरिकबीच चर्चा कमाए पनि आत्मनिर्भर अर्थतन्त्र बनाउन सहयोग नपुग्ने जिकिर गरे । यसले अर्थतन्त्रका सम्पूर्ण सूचकहरुमा असर गर्ने जिकिर गरे । अहिले जति पनि उद्योग धन्दा, प्रतिष्ठानहरुमा नातेदार भन्दा बाहिरका मानिसहरु नरहेको उनको तर्क छ ।

उनले भने, ‘कुनै बैंक वा वित्तीय संस्थाको प्रमोटरको नातेदारको कुनै एक जनाले अर्को निजी कम्पनीको १० प्रतिशत मात्र सेयर दियो भने ९० प्रतिशत अरु प्रमोटर भएको निजी कम्पनीले नै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउने बाफिया जुन ड्राफ्ट भएको छ । यस्ता चिजहरु आम पब्लिकमा पपुलर हुने हिसाबले आउँछन्, यसले अर्थतन्त्रका सम्पूर्ण सूचकमा असर गर्दछ । आत्मनिर्भर अर्थतन्त्र बनाउन सपोर्ट गर्दैन । अहिले जति पनि उद्योग धन्दा, प्रतिष्ठानहरु छ, वास्तवमा त्यो नातेदार भन्दा बाहिरको छैन होला ।’

अध्यक्ष ढकालले भएका उद्योग धन्दा बन्द गर्नेतर्फ लाग्न नहुनेमा जोड दिए । व्यवसायी र बैंकर छुट्याउने भन्दै संसदमा विचाराधीन रहेको बाफिया संशोधन विधेयकप्रति विभिन्न क्षेत्रका व्यक्तित्वहरूले फरकफरक धारणा सार्वजनिक गरिरहेका छन् ।