कालीगण्डकी गर्जको ५१ प्रतिशत सेयर ग्रीन भेन्चर्सले किन्यो

168
Shares

काठमाडौं । ग्रीन भेन्चर्स कम्पनीले कालीगण्डकी गर्ज हाईड्रोपावर कम्पनीको ५१ प्रतिशत संस्थापक सेयर खरिद गरेको छ । दुई कम्पनीबीच मंगलबार सेयर खरिद सम्झौता भएको हो ।

कालीगण्डकी गर्ज हाईड्रोपावरले म्याग्दी र मुस्ताङ्ग जिल्ला स्थित कालीगण्डकी नदीमा १८० मेगावबाट क्षमताको र्धजलाशययुक्त प्रोजेक्टको विकास तथा निर्माण गरिरहेको छ ।

उक्त आयोजनाले विद्युत उत्पादनको अनुमति पाइसकेको छ । सो आयोजनाको अनुमानित लागत ३९ अर्ब ५० करोड रुपैयाँ छ। यसमा ऋण तथा स्वपूँजीको अनुपात ७५ः२५ प्रतिशत रहेको छ ।