
काठमाडौं । असारमा झन्डै २ खर्ब रुपैयाँको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८२ को असारमा १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँको रेमिट्यान्स भित्रिएको छ । यस्तो रेमिट्यान्स गत वर्षको असारको तुलनामा १६ प्रतिशतले बढेको छ।
२०८२ असार महिनाको विप्रेषण आप्रवाह अघिल्लो वर्षको सोही महिनाको तुलनामा ७२ अर्ब रुपैयाँले बढी हो । यस्तो आप्रवाह गत वर्ष असारमा १ खर्ब १७ अर्ब ७८ करोड रहेको थियो । आर्थिक वर्ष २०८१/८२ मा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएर १७ खर्ब २३ अर्ब २७ करोड पुगेको थियो ।
समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले वृद्धि भएर १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो
वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो । २०८२ असार सम्ममा खुद द्वितीय आय (खुद ट्रान्सफर) १८ खर्ब ७४ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष यस्तो आय १५ खर्ब ७१ अर्ब २४ करोड रुपैयाँ रहेको थियो । समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५ लाख ०५ हजार ९५७ र पुनः श्रम स्वीकृति लिनेको सब्ख्या ३ लाख ३३ हजार ३०९ रहेको छ । अघिल्लो वर्ष यस्तो संख्या क्रमशः ४ लाख ६० हजार १०२ र २ लाख ८१ हजार १९५ रहेको थियो।










प्रतिक्रिया