माबिलुङ्ग इनर्जीको आईपीओ बाँडफाँट, कतिले पाए?


काठमाडौं । माबिलुङ्ग इनर्जीको आईपीओ बाँडफाँट भएको छ । २१ लाख ९७ हजार ५८२ जनाले आवेदन दिएको सो आईपीओ १ लाख २४ हजार ८९० जनालाई परेको छ ।

कम्पनिले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेर बाँकी रहेको सेयर सर्वसाधरणका लागि सान २६ गते बिक्री खुला गरेको थियो ।

दोस्रो चरणमा कम्पनीले १३ करोड ५४ लाख २३ हजार ५०० रुपैयाँबराबरको १३ लाख ५४ हजार २३५ कित्ता सेयर निष्काशन गरेको थियो ।

यसमध्ये ३० हजार ९५ कित्ता सेयर कर्मचारीहरुका लागि र ७५ हजार २३६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएर सर्वसाधारण लगानीकर्ताका लागि बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता सेयर आवेदन खुला गरेको थियो ।

सो शेयरमा कुल २२ लाख ५ हजार ८७१ जनाले कुल २ करोड ४५ लाख १२ हजार ५३० कित्ता शेयरका लागि आवेदन दिका थिए । जसमध्ये २१ लाख ९७ हजार ५८२ आवेदन स्वीकृत भएको थियो ।

मागभन्दा बढी आवेदन परपछी गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो । जस अनुसार १ लाख २४ हजार ८९० आवेदकलाई १० कित्ताका दरले शेयर परेको छ । अन्य ४ जनाले जनाले भने ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।