नेपाली विमान कम्पनीका सबै जहाज काठमाडौंमा किन बस्न पाउँदैनन् ?

२० एयरलाइन्स कम्पनीसँग ९० जहाज

6.5k
Shares

काठमाडौं । नेपाली वायुसेवा कम्पनीका विभिन्न ९० वटा जहाजमध्ये ४९ वटा जहाजले काठमाडौं बाहिरै राखेर उडान गर्दै आएका छन् । सम्बन्धित वायुसेवा कम्पनीले जहाज सञ्चालन तथा उडान अनुमति लिँदा काठमाडौं भित्र र बाहिर कहाँ कहाँ राखेर अर्थात वेस विमानस्थल मानेर उडान गर्नुपर्छ भन्ने उल्लेख गरेका हुन्छन् ।

यस्तो उडान अनुमतिमा हाल सञ्चालनमा रहेका ११ हेलिकप्टर र ९ वटा जहाज कम्पनीका ९० वटा जहाज छन् । यी जहाजमध्ये अधिकांशको रात्री विसान काठमाडौं बाहिर नै हुन्छ ।

वायुयानको अपरेसन वेस काठमाडौं बाहिर सार्न नेपाल नागरिक उड्डयन प्राधिकरणको २०७९ असार ५ गतेको निर्णय विरुद्ध सिम्रिक एयर २०७९ असार १४ गते सर्वोच्च अदालत गएको थियो ।

सर्वोच्चले २०८२ असार ३२ मा सिम्रिकको रिट खारेज गरिदिएको थियो । त्यतिबेला सिम्रिक क्यानको निर्णय मान्दै कानूनी उपचारमा समेत गएको थियो । सिम्रिकले मागेको आदेश नपाएको कारण यसले आफ्ना काठमाडौं बाहिर बेस बनेर उडेका जहाज काठमाडौं भित्र ल्याउन पाएन् ।

प्राधिकरणबाट उडान अनुमति लिँदा सम्बन्धित वायुसेवाले मागेको र प्राधिकरणले तोकेकै स्थानलाई आधार विमानस्थल बनाउनुपर्ने छ । सोही नियमलाई कार्यान्वयन गराएको प्राधिकरणकै पक्षमा अदातल रहेकोले सिम्रिकको रिट खारेज हुँदासमेत केही गरिरहनु नपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

हाल नियमित उडानका वासेवामा सबैभन्दा बढी जहाज संख्या भएको कम्पनी बुध्द एयर हो । यसका १६ वटा जहाजमध्ये ६ वटा काठमाडौं र १० वटा बाहिर वेस बनाएर उडान गर्छन् । त्यसैले बुध्द एयरले विहानैबाट काठमाडौं बाहिरका विमानस्थलमा उडान गर्छ । यसले भैरहवा र विराटनगरबाट पोखरमा उडान गर्दै आएको छ ।

श्री एयरलाइन्सका ८ वटा जहाजमध्ये २ वटा मात्रै काठमाडौं वेस भएका जहाज हुन भने ६ वटा बाहिर राखेर उडाउनुपर्छ । यतिका ५ मध्ये २ काठमाडौं वेस भएको जहाज हुन । गुणसँग भएका ७ जहाजमध्ये २ काठमाडौं बेसका जहाज छन् । तर यो वायुसेवाको उडान लामो समयदेखि बन्द भएका कारण अरु आन्तरिक वायुसेवाको तुलनामा पर्याप्त जहाज भएर पनि यसले उडान भने गर्न सकेको छैन ।

सौर्य एयरसँग १ वटा जहाज मात्रै छ । यसको गत वर्ष एउटा जहाज दुर्घटनामा परेपछिको प्राविधिक र व्यवहारिक समस्यले यसले पुन उडान गर्न सकेको छैन । निगमसँग पनि हाल २ वटा आन्तरिक उडानका जहाज छन् । त्यसमध्ये एउटा काठमाडौं बाहिर राखेर उडान गर्नुपर्ने हुनछ ।

तारा एयरसँग ३ वटा मध्ये एउटा, समिटसँग भएको ४ मध्ये १ र सितासँगै भएको ४ मध्ये १ जहाज मात्रै काठमाडौं राखेर उडान गर्न पाउने छन् । यी जहाजले पाएकै बेस एयरपोर्टमा राखेर उडान गरिरहेको पनि प्राधिकरणको भनाइ छ ।

नेपालमा हाल उडान अनुमति लिएर सञ्चालन भएका र प्राविधिक कारणले ग्राउन्डेड भएकासमेतका गरी हेलिकप्टर कम्पनीसँग ३८ वटा र स्थिर पखेटा भएका नियमति उडानका जहाज कम्पनीसँग ५२ वटा जहाज छन् । यी जहाजमध्ये सिम्रकसँग भएको ५ मध्ये ३ वटा काठमाडौंमा, एइर डाइनेष्टिको ४ मध्ये ३ काठमाडौंमा, माउन्टेका २ मध्ये १ काठमाडौं विमानस्थललाई बेस बनाएर रात्री विसान गर्न पाउँछ ।

कैलासका ३, अल्टिच्युडको २, हेलि एभरेष्टको २ वटा जहाज काठमाडौं वेस भएका हेलिकप्टर कम्पनी हुन । यी बाहेक फिस्टेका ३ मध्ये २ काठमाडौं, प्रभुको ६ मध्ये २ मात्रै काठमाडौं बेस, मनाङको २ वटै काठमाडौं, मुस्ताङको एउटा काठमाडौं र श्रीको ८ मध्ये ३ वटा मात्रै काठमाडौं वेसका हेलिकप्टर हुन ।