एनआईसी एशिया बैंकका ग्राहकलाई धुलिखेलको हिमालय दृष्य रिसोर्टमा १०% छुट

84
Shares

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले धुलिखेलस्थित हिमालय दृष्य रिसोर्टले विशेष छुट पाउने भएका छन् । बैंक र रिसोर्टबीच १०% छुट दिने सम्झौता भएको हो ।

समझदारीसँगै बैंकका ग्राहकले रिसोर्टमा खाना तथा पेय पदार्थ उपभोग गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यो सुविधा लिन ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।