
काठमाडौं । भारतको अग्रणी इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरको नयाँ मोडल नेपाली बजारमा सार्वजनिक भएको छ ।
नेपालका लागि एथरको आधिकारिक वितरक वैद्य इनर्जीले नाइमा मोबिलिटी एक्स्पोमा यो स्कुटर सार्वजनिक भएको हो ।
कम्पनीले नेपाल ल्याएको नयाँ ‘एथर रिज्टा’फ्यामिली स्कुटर हो। कम्पनीले नेपाल ल्याएको टप भेरियन्टको मूल्य ३ लाख ८३ हजार रुपैयाँ तोकेको छ।
भारतमा एथर रिज्टा तीन भेरियन्टमा उपलब्ध छ । जसमा रिज्टा एस, रिज्टा जेड २.९ किलोवाट, रिज्टा जेड ३.७ किलोवाट रहेको छ। रिज्टा जेड ३.७ किलोवाट यसको टप भेरियन्ट हो।
कम्पनीले अहिले टप भेरिएन्टमा बिक्री सुरु गर्ने जनाएको छ।
नेपालमा बिक्री हुन लागेको रिज्टा जेड मा ३.७ किलोवाट आवर ब्याट्री क्षमता छ। कम्पनीकाअनुसार यो स्कुटरले एक पटकको फूल चार्जमा १२५ किलोमिटरको रेन्ज दिन्छ।
यो रेन्ज अनरोडमा दुई जना सवार हुँदाको वास्तविक रेन्ज भएको कम्पनीको दाबी छ। यसको कम्पनी सर्टिफाइड रेन्ज भने १५९ किलोमिटर रहेको छ। रिज्टाको टप स्पिड प्रतिघण्टा ८० किलोमिटर रहेको छ ।
एथर रिस्तामा अन्य एथर स्कुटरहरूमा जस्तै अत्याधुनिक प्रविधि जडान गरिएको छ। यसमा स्मार्ट न्याभिगेसन, पार्क असिस्ट, इमरजेन्सी स्टप सिग्नल र फल सेफ जस्ता सेफ्टी फिचरहरू छन्।
यसको सबैभन्दा प्रमुख विशेषता भनेको ‘ट्र्याक्सन कन्ट्रोल’ हो। यो फिचरका कारण स्कुटरलाई अफ-रोड, चिप्लो बाटो वा पानी परेको अवस्थामा पनि सुरक्षित रूपमा चलाउन सकिन्छ । मोड परिवर्तन गरेर यसलाई जुनसुकै सडक अवस्थामा पनि सहजै गुडाउन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले यसको ब्याट्रीमा ५ वर्ष वा ६० हजार किलोमिटरको वारेन्टी दिएको छ। साथै मोटर र अन्य पार्टपुर्जामा ३ वर्ष वा ३० हजार किलोमिटरको वारेन्टी उपलब्ध छ।








प्रतिक्रिया