दुई भेरियन्टमा लिपमोटरको इलेक्ट्रिक एसयूभी ‘बी१०’ सार्वजनिक, मूल्य कति ?

399
Shares

काठमाडौं । आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाइमामा अटो एस्पोमा लिपमोटरको इलेक्ट्रिक एसयूभी ‘बी१०’ सार्वजनिक भएको छ ।

लिपमोटरको इभी प्लेटफर्म ३.५ आर्किटेक्चरमा निर्माण भएको यस गाडीमा एड्भान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम छ ।

स्मार्ट पार्किङसहितका १६ वटा फङ्सन उपलब्ध यस गाडीमा १४.६ इन्चको सस्पेन्डेड टचस्क्रिन, ८.८ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर र टु-स्पोक डि-आकारको स्टेयरिङ ह्वील रहेको कम्पनीले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा १६० किलोवाट क्षमताको रियर माउन्टेड मोटरसहित उपलब्ध यो विद्युतीय सवारी गाडीले एकपटकको फूल चार्जमा ५०० किलोमिटरसम्म रेन्ज दिने जनाइएको छ। गाडी दुई भेरियन्टमा उपलब्ध छ । जसको मूल्य ४९ लाख ९९ हजार र ५६ लाख ९९ हजार तोकिएको छ ।