चिनियाँ ईभी फोरथिङ फ्राइडे नेपालमा सार्वजनिक, नाइमामा किन्दा २ लाख छुट

1.2k
Shares

काठमाडौं । चिनियाँ ईभी ब्रान्ड डोङफेङको फोरथिङ फ्राइडे नेपाली बजारमा सार्वजनिक भएको छ ।

नेपालका लागि फोरथिङ फ्राइडेको आधिकारिक वितरक लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई–मोबिलिटीले नाइमा मोबिलिटी एक्स्पोमा फरथिङ फ्राइडे यसयुभी सार्वजनिक गरेको हो ।

कम्पनीले उक्त यसयुभीको मूल्य नाइमा अवधिका लागि ४८ लाख लाख ९६ हजार रुपैयाँ राखेको छ । यो लक्जरी भेरियन्ट हो । यो भेरियन्टको मूल्य नाइमापछि ५० लाख ९६ हजार हुने छ ।

त्यस्तै एक्स्क्लुसिभ भेरियन्टलाई नाइमामा ५४ लाख ९६ हजार र पछि ५६ लाख ९६ हजार मूल्य राखिएको छ । कम्पनीले यस अवसरमा गाडी किन्नेलाई एक वर्षको अटो प्लस बिमा पनि उपलब्ध गराउने जनाएको छ ।

कम्पनीले फ्राइडे एसयूभीमा ६४.४ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री दिएको छ । यसमा ९९ किलोवाटको मोटर जडान गरिएको छ । डोङफेङमा भएको ब्याट्रीले एक पटकको फुल चार्जमा ४०० किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी कम्पनीले गरेको छ।

फरथिङ फ्राइडेको लम्बाइ ४६०० एमएम, चौडाइ १८६० एमएम र उचाइ १६८० एमएम छ । यसको ह्वीलबेस २७१५ एमएम छ।

प्रिमियम लाग्ने एसयूभीमा १९ इन्च ठूलो ह्वील पाउन सकिन्छ। फरथिङ फ्राइडेमा भेन्टिलेटेड, हिटेड, मसाज र मेमोरी सिट उपलब्ध गराएको छ । ८.८ इन्चको एलसिडी इन्स्ट्रुमेन्ट क्लस्टर, १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, इलेक्ट्रिक टेलगेट, वायरलेस फोन चार्जर, प्यानारोमिक सनरुफ, मल्टी ड्राइभ मोड र ६ स्पिकरसहितको म्युजिक सिस्टमलगायत फिचर पाउन सकिन्छ ।