
काठमाडौं । गृह मन्त्रालयका दुई सहसचिवको जिम्मेवारी हेरफेर भएको छ । मन्त्रालय स्रोतका अनुसार सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव आनन्द काफ्लेलाई दिइएको छ । साथै उनले प्रवक्ताको जिम्मेवारी पनि निर्वाह गर्नेछन् । यता गोविन्द प्रसाद रिजाललाई विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।
काफ्ले नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा कार्यरत थिए । यसअघि सुरक्षा तथा समन्वय महाशाखा प्रमुख तथा प्रवक्ताको जिम्मेवारीमा रहेका सहसचिव रामचन्द्र तिवारीलाई अध्यागमन विभागको महानिर्देशकका रूपमा खटाइएपछि उक्त महाशाखा खाली थियो ।
रिजाल केही दिन अघि मात्र अध्यागमन विभागबाट गृह मन्त्रालयमा सरुवा भएका थिए ।







प्रतिक्रिया