दिपल एस०७ को नयाँ भेरियन्ट सार्वजनिक: के-के छन् सुविधा, मूल्य कति ?

147
Shares

काठमाडौं । नेपालका लागि दिपल ब्रान्डको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले एसयूभी दिपल एस०७ को उन्नत संस्करण एस०७ आईसीए नेपाली बजारमा सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार, नयाँ संस्करणले आधुनिक कनेक्टिभिटी, ताजा डिजाइन र प्रविधिमैत्री विशेषताहरूमार्फत प्रयोगकर्तालाई ईभीको अत्याधुनिक अनुभव दिनेछ । यो मोडल नेबुला ब्लु रंगमा उपलब्ध छ ।

एस०७ आईसीए मा ६८.८ किलोवाट आवरको एलएफपी ब्याट्री जडान गरिएको छ, जसले डब्लूएलटीपी मापदण्डअनुसार ४१० किलोमिटरसम्मको रेन्ज दिनेछ ।

यस संस्करणका प्रयोगकर्ताले ‘फाइभ इयर जेरो ओनरशिप कस्ट स्किम’ अन्तर्गत पाँच वर्षसम्म अटोप्लस बीमा, आवधिक मर्मत, विद्युत महशुल र सडक कर निशुल्क पाउनेछन् ।

दिपल एस०७ आईसीएलाई मोबाइल एपमार्फत कुनै पनि स्थानबाट कन्ट्रोल गर्न सकिनेछ । एपमार्फत झ्याल खोल्ने-बन्द गर्ने, एसी चलाउने, चार्जिङ स्थिति बुझ्ने र कारको लोकेसन ट्र्याक गर्न सकिने सुविधा उपलब्ध छ ।

त्यस्तै, यसमा हटस्पट, इन्टरनेट कनेक्टिभिटी, स्मार्ट एप एकिकरण, अमेजन म्युजिक, स्पटिफाइ र लाइभ नेभिगेसन पनि छन् ।

एस०७ आईसीए मा ५३ इन्चको अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, उच्च क्षमताको क्वालकम ८१५५ चिप, एल २.५ अटोनोमस ड्राइभिंग असिस्ट सिस्टम, १५.६ इन्चको सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, फ्रेमलेस डोर र फ्लस ह्यान्डल, तथा १.९ वर्ग मिटरको प्यानोरामिक ग्लास रुफ जडान गरिएको छ, जसले प्रिमियम क्याबिन अनुभव प्रदान गर्छ ।

कम्पनीले आधुनिक, शक्तिशाली र स्मार्ट ईभी खोज्ने ग्राहकलाई लक्षित गर्दै दिपल एस०७ आईसीए बजारमा ल्याएको जनाएको छ ।

गाडीको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

Skip This