८ कन्सल्टेन्सीलाई ६ लाख जरिवाना

343
Shares

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ८ शैक्षिक कन्सलटेन्सीलाई कुल ६ लाख २ हजार रुपैयाँ जरिवाना गराएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको विभागले उपभोक्ताको हितविरुद्ध काम गरेको भन्दै जरिवाना तिराएको हो ।

विभागले रिड एजुकेसन हब, परसुट एब्रोड स्टडिज, इनोभा एजुकेसन कन्सल्टेन्सी र स्योराई इन्टरनेसनलले १-१ लाख रुपैयाँ तथा प्यासन फाउन्डेशन र काइट कन्सल्टेन्सिलाई ५१-५१ हजार रुपैयाँ जरिवाना गराएको हो । यस्तै छाँयागमी एजुकेसन र आशीर्वाद ल्याङ्वेजलाई ५०-५० हजार जरिवाना गरिएको विभागका अनुगमन अधिकृत अमित झाले जानकारी दिए ।