
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालतको निर्णयविरुद्ध सरकार सर्वोच्च अदालत पुगेको छ ।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालका अनुसार जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासको फैसला विरुद्ध सर्वोच्चमा पुनरावेदन दायर गरिएको हो ।
२५ असारमा महान्यायाधिवक्ता रमेश बडालले पुनरावेदनको निर्णयमा हस्ताक्षर गरेका थिए ।
महान्यायाधिवक्ता कार्यालयले तल्लो अदालतको फैसलामा त्रुटि देखिएमा पुनरावेदन गर्ने गरिन्छ। आलमसम्बन्धी मुद्दामा प्रमाणको मूल्यांकन नगरी फैसला गरिएको भन्दै चौतर्फी प्रश्न उठेका कारण पनि सर्वोच्चमा जाने निर्णय लिइएको हो ।
कार्यालयले आलमसहित सबै आरोपितलाई दोषी ठहर गर्नुपर्ने माग गर्दै पुनरावेदन गरेको छ।
१४ जेठमा उच्च अदालत वीरगञ्जका न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले आलमलगायतलाई आरोपबाट सफाइ दिएको थियो।








प्रतिक्रिया