घुस डिल प्रकरण: सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

546
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् ।

घुस डिल सम्बन्धी अडिओमा मुछिएका गुप्ताले मंगलबार आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

गुप्ताले मंगलबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् ।

भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी ‘डिल गरेको’ अडिओ सार्वजनिक भएको भएपछि मन्त्री गुप्ताको राजीनामा माग भएको थियो ।