काठमाडौं महानगरको बजेटमा के छ ? (पूर्णपाठ)


काठमाडौं । काठमाडौं महानगरले महानगरपालिका क्षेत्रभित्रका पूर्वाधार योजनाहरुलाई उच्च प्रथामिकतामा राख्दै बजेट सार्वजनिक गरेको छ । महानगरले आइतबार अगामी आर्थिक वर्षमा काठमाडौं महानगरपालिका क्षेत्रभित्रका पूर्वाधार योजनाहरुलाई उच्च प्रथामिकतामा राख्ने घोषणा गर्दै बजेट सार्वजनिक गरेको हो ।

बजेटमा फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार, सुशासन प्रवद्र्धन, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको क्षमतावृद्धि, एक वडा एक उद्यम कार्यक्रमलाई प्रवद्र्धन गरी रोजगारी र आयवृद्धीगर्ने कार्यक्रमहरुलाई समेत उच्च प्राथामिकतामा राख्ने घोषणा गरेको छ ।

‘काठमाडौं महानगरपालिका क्षेत्रभित्रको ध्वनी प्रदुषण कम गर्ने, सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने, महानगरक्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक,महत्व वोकेका मठ, मन्दिर,बहाल, पोखरी, हिटी,वहाः वही, ननी लगायतका सम्पदास्थलहरुको संरक्षण र प्रवद्र्धनमा समेत येथेस्ट वजेट व्यवस्थापन गरिएको छ,’ बजटे प्रस्तुत गर्दै उपप्रमुख सुनिता डंगोलले भनिन् ।

उनले आगामी आर्थिक वर्ष २०८२र८३ को लागि रु २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य वाह्य व्ययभार हुने गरी कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेकी छिन् ।

बजेटमा उपलब्ध श्रोत,सूचना र मानब संसाधनको उच्चतम परिचालन गर्दै विकासको गतिलाई तिब्रता दिने बिषयहरु, स्थानीय स्रोत र साधनलाई सन्तुलित र समन्यायिक ढंगले परिचालन गरी आर्थिक असमानता र गरिवी न्यूनिकरण गर्ने विषयहरु र सामाजिक, आर्थिक, भौतिक पूर्वाधार बिकास मार्फत समुन्नत र समाजबाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माणमा महानगरको आर्थिक गतिविधिहरु मार्फत योगदान गर्ने बिषयहरु प्राथमिकतामा राखिएको छ ।

लैङ्गिक समानता र सामाजिक समाबेसीकरणलाई टेवा पुग्ने कार्यक्रम मार्फत समतामूलक समाज निर्माण गर्ने विषयहरु, स्थानीय भाषा, साँस्कृती तथा सस्पदाहरुको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिवृद्धिमा सघाउ पुर्याउने विषय तथा बढ्दो वेरोजगार दरलाई न्यूनिकरण गर्न स्वदेशमै सिप तथा तालिम दिई स्वरोजगार बनाई विदेशिने दर घटाउने विषयहरु समेटिएको छ ।