मौद्रिक नीति तर्जुमाका लागि राष्ट्र बैंकद्वारा पूर्व गभर्नरसँग छलफल, को–को भए सहभागि?


काठमाडौं । नेपाल राष्ट्र बैंक र पूर्व गभर्नरहरुबीचको छलफल सकिएको छ ।

बुधबार आगामी आर्थिक वर्षको मौद्रिक नीति तयारीका लागि राय सुझाव लिन नेपाल राष्ट्र बैंकले पूर्व गभर्नरहरुसँग गरेको छलफल सकिएको हो ।

मौद्रिक नीति तयारीमा जुटिरहेको राष्ट्र बैंकले राय सुझाव लिनका लागि काठमाडौंमा पूर्वगभर्नरसँग छलफल गरेको थियो ।

उक्त छलफलमा मौद्रिक नीति तर्जुमाका लागि पूर्व गभर्नरहरूले राष्ट्र बैंकले लिनुपर्ने नीतिगत व्यवस्था र अंगाल्नुपर्ने बाटोका विषयमा सुझाव दिएको जनाइएको छ ।

बाह्य क्षेत्र राम्रो रहेकाले बजारको माग बढाउने र कर्जा प्रवाह विस्तारमा ध्यान दिनुपर्ने सुझाव पूर्व गभर्नरहरुले दिएका छन् ।

छलफलमा पूर्व गभर्नरहरु डा. तिलक रावाल, दिपेन्द्र पुरुष ढकाल, गणेश बहादुर थापा, महाप्रसाद अधिकारी, भेषबहादुर थापा र चिरञ्जीवी नेपालको उपस्थिति रहेको थियो ।