
काठमाडौं । मुगुमा भूकम्पको धक्का महसुस गरिएको छ ।
मंगलबार राति २ बजेर २२ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार, मुगुको धैनकोट केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासको जिल्लाहरूमा समेत महसुस गरिएको थियो ।










प्रतिक्रिया