एमाले कार्यकर्ताले दुर्व्यवहार गरेका जेष्ठ नागरिकलाई गृहमन्त्रीले भेटे

273
Shares

काठमाडौं । एमाले कार्यकर्ताबाट दुर्ब्यबहरमा परेका ललितपुरका एक जेष्ठ नागरिकलाई भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवासमा पुगेका छन्।

सरकारले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा केही दिनअघि एमालेका कार्यकर्ताले ती वृद्धलाई दुव्र्यवहार गरेका थिए।

सडकमा सरकारका विरुद्ध नारा लगाउँदै हिँड्दा एमालेविरुद्ध नकारात्मक टिप्पणी गरेको आरोपमा ती जेष्ठ नागरिक माथि दुव्र्यवहार भएको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो।

ती जेष्ठ नागरिकलाई दुर्ब्यबहार गरेको आरोपमा प्रहरीले राष्ट्रिय युवा संघका ललितपुर जिल्ला अध्यक्ष राम शरण शर्मा बजगाईँलाई पक्राउ गरिसकेको छ।

बजगाईँलाई हाल जिल्ला प्रहरी परिसर ललितपुरमा राखिएको छ।