सुरु भयो रणवाङ –दरुङ– हिदी सडकको स्तरोन्नति

98
Shares

म्याग्दी । रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति प्रारम्भ भएको छ ।

एक दशकअघि निर्माण सुरु भएको यो सडकका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खातीले बताए ।

हाल सडक फराकिलो पार्ने, ग्रेड र मोड सुधार, वर्षाको पानी निकासका निम्ति नाली निर्माण र सडक किनारमा पर्खाल निर्माण धमाधम भइरहेको गाउँपालिकाका सबइन्जिनियर विपिन आचार्यले बताए ।

Skip This