
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति तयारीका लागि पूर्व गभर्नरहरुसँगको छलफल सुरु भएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति निर्माणका लागि राष्ट्र बैंकले पूर्व गभर्नरसँग छलफल सुरु गरेको हो ।
मौद्रिक नीति तयारीमा जुटिरहेको राष्ट्र बैंकले राय सुझाव लिनका लागि काठमाडौंको एक होटलमा पूर्वगभर्नरसँगको छलफल सुरु गरेको हो ।
बुधबार नै संघीय संसद अन्तर्गतको अर्थ समितिमा भएको आगामी आर्थिक वर्षको मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने विषयक छलफलमा सहभागि भएका राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल लगत्तै पूर्वगभर्नरसँगको छलफलमा पुगेका छन् ।








प्रतिक्रिया