
एजेन्सी । चिनियाँ विद्युतीय कार कम्पनी बीवाईडीले कम्प्याक्ट इलेक्ट्रिक ह्याचब्याकको नयाँ संस्करण सीगल फ्री एडिशन बजारमा ल्याएको छ ।
उक्त कारको मूल्य ७८ हजार ८०० युआन (१५ लाख रुपैयाँ) पर्छ ।
यस नयाँ संस्करणमा उज्यालो क्याबिन, विस्तारित सुरक्षा सेवा र ४०५ किलोमिटर रेन्ज छ ।
सन् २०२३ को अप्रिलमा सीगलको आरम्भ गरिएदेखि अहिलेसम्म १० लाखभन्दा बढी कार बिक्री भइसकेका छन् ।
बीवाईडीको ई–प्ल्याटफर्म ३.० मा बनाइएको सीगल फ्री एडिशनमा ५५ किलोवाट इलेक्ट्रिक मोटर र १३५ एनएम आउटपुट छ । यसले ३८.८८ किलोवाट आवर लिथियम आइरन फोस्फेट ब्याट्री उपयोग गर्छ । निकै द्रुत गतिमा यसको चार्ज गर्न मिल्छ ।
कोठाको तापक्रममा राख्दा लगभग आधा घन्टामा यसले ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज गरिदिन्छ ।
यस कारको फ्रन्ट रोमा टाइप ए र टाइप सी चार्जिङ पोर्ट रहेको छ । सहज प्रयोगका लागि इन्टेलिजेन्ट पावर अन अफ सुविधा पनि उपलब्ध छ ।
फ्री एडिशनमा १२.८ इन्चको फ्लोटिङ टचस्क्रीन छ । त्यसलाई बीवाईडीको डीलिंक १०० इन्फोटेनमेन्ट सिस्टमले पावर गरेको छ । त्यसमा भोइस इन्टरएक्शन र क्लाउड सर्भिस पनि रहेको छ ।
गाडी चलाउन सजिलो होस् भनेर ट्रिपल क्यामरा असिस्टेन्स सुइट पनि राखिएको छ ।
कारभित्र ६ वटा एयरब्याग रहेका छन् जसले चालक र यात्रुलाई सुरक्षा दिन्छ । कारको बत्ती, हरन र एसी सिस्टममा पनि उच्च प्रविधि उपयोग गरिएको छ ।
बीवाईडीको ओसन सिरीजमा सीगल एन्ट्री लेभल मोडल हो । यसको लम्बाइ ३७ सय ८० मिलिमिटर, चौडाइ १७ सय १५ मिलिमिटर र उचाइ १५ सय ४० मिलिमिटर रहेको छ । ह्वीलबेस २५ सय मिलिमिटर छ ।
शहरी क्षेत्रमा ईभी खरिदकर्ता र कम्प्याक्ट विद्युतीय गाडी खोजिरहेका युवा उपभोक्ताहरूलाई यस मोडलले आकर्षित गर्ने बताइएको छ ।










प्रतिक्रिया