
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोक जिल्लाका विभिन्न क्षेत्रमा पछिल्लो केही घण्टादेखि भइरहेको वर्षाका कारण मेलम्ची नदीमा जल सतह बढ्न सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
विभागले बिहीबार राति ११ः२० एक सूचना जारी गर्दै पछिल्लो ३ घण्टामा मानेखर्क, गोब्रे, नुरपु गाउँ, गुम्थाङ तथा आसपासका क्षेत्रमा हल्का देखि मध्यम वर्षा मापन गरिएको जनाएको हो।
वर्षाको कारण मेलम्ची नदीमा जल सतह केही बढ्न सक्ने सम्भावना रहेको विभागले जनाएको छ। साथै, कमजोर तथा भिरालो जमिन भएका क्षेत्रमा पहिरोको जोखिम उच्च हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।








प्रतिक्रिया