सिट्रोएन सी ३ पेट्रोल कारको मूल्य घट्यो, २९ लाख ९९ हजारमै पाइने

679
Shares

काठमाडौं । सिट्रोन गाडीहरूको नेपालका लागि आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले आफ्नो “ह्याचब्याकको दममा एसयूभी” अभियान अन्तर्गत आकर्षक मूल्य घटाएको घोषणा गरेको छ । पहिले ३६.५० लाखमा उपलब्ध रहेको सिट्रोन सी३ पेट्रोल कम्प्याक्ट एसयूभी अब मात्र २९.९९ लाख रुपैयाँमा उपलब्ध हुनेछ, जसले ह्याचब्याकको मूल्यमा एसयूभी को अनुभव प्रदान गर्छ ।

“ह्याचब्याक को दाममा एसयूभी” अफर अन्तर्गत ग्राहकहरूले गाडीको नि:शुल्क बीमा पनि प्राप्त गर्नेछन् । भारतमा निर्मित सिट्रोन सी३ पेट्रोल मा १० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, इलेक्ट्रिक्ली एड्जस्टेबल ओआरभीएमएस, र शक्तिशाली १२०० सीसी इन्जिन जस्ता प्रिमियम फिचरहरू रहेका छन्, जसले यसलाई कम्प्याक्ट एसयूभी सेग्मेन्टमा सबैभन्दा मूल्यवान विकल्प बनाएको कम्पनीले जनाएको छ । साथै, यसका स्पेयर पार्टहरू सहजै र सुपथ मूल्यमा उपलब्ध हुने भएकाले ग्राहकहरूको अनुभव झन्झटरहित हुनेछ ।

साङ्ग्रिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले भने, ‘साङ्ग्रिला मोटर्समा हामी विश्वव्यापी रूपमा प्रशंसित गाडीहरू हाम्रा ग्राहकहरूलाई सहज रूपमा उपलब्ध गराउन प्रतिबद्ध छौं। सिट्रोन सी३ को यो नयाँ मूल्यको साथ, हामी सुविधाहरू, आराम र पर्फर्मेन्समा सम्झौता नगरी आकर्षक मूल्य प्रदान गर्ने लक्ष्य राख्छौं ।’

गोल्छा अर्गनाइजेसन अन्तर्गत रहेको साङ्ग्रिला मोटर्स प्रालि सन् २०१७ देखि प्यूजो र २०२१ देखि सिट्रोन र २०२४ देखि लिपमोटर गाडीहरूको नेपालका लागि एकमात्र आधिकारिक आयातकर्ता रहँदै आएको छ । साङ्ग्रिला मोटर्सले नेपाली बजारमा नवीन र दिगो मोबिलिटी समाधानहरू उपलब्ध गराउने आफ्नो दृष्टिकोणलाई निरन्तर अघि बढाइरहेको छ ।