यामाहा नेपालले मनायो यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव

21
Shares

काठमाडौं । यामाहा नेपालले यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव मनाएको छ । हरेक वर्ष जुलाई १ मा विश्वभर मनाइने “यामाहा डे” को अवसरमा यस वर्ष विशेष महत्वको “ब्रिजिङ ओल्ड एण्ड न्यू, थ्रु कान्डो एक्सनस्” भन्ने ग्लोबल थिमसहित यामाहाको इनोभेसन, प्यासन र उत्कृष्टताको सात दशक लामो यात्रालाई स्मरण गरिएको हो।

नेपालमा पनि यामाहाले विभिन्न कार्यक्रमहरू मार्फत यो अवसरलाई अर्थपूर्ण बनाएको जनाएको छ । एमएडब्लू फाउन्डेसनको नेतृत्वमा यामाहा ब्लु स्क्वायर नक्साल शोरूममा आयोजना गरिएको रक्तदान कार्यक्रम, दिगोपनको प्रतिबद्धता अनुरुप फ्याक्ट्री परिसर (एमएडब्लू अटो) मा गरिएको वृक्षारोपण अभियान र काठमाडौँको नि:सहाय सेवा सदन, शान्तिनगर वृद्धाश्रममा गरिएको सामुदायिक सेवा सम्बन्धि गतिविधिसँगै समापन गरिएको मौलिक यामाहा ब्लुस्ट्रिक्स राइडआउट जस्ता कार्यक्रमहरूले ब्रान्डको ‘समाजलाई योगदान गर्ने’ दर्शनलाई जीवन्त बनाएको कम्पनीको भनाइ छ ।

त्यस्तै, देशभरका यामाहा शोरूमहरूमा केक काट्ने कार्यक्रमहरूआयोजना गरिए, जसले ग्राहक, साझेदार र कर्मचारीहरूलाई एकै ठाउँमा जोड्ने काम गर्‍यो। साथै, टेकस्पाएर कलेजमा स्नातक तहका विद्यार्थीहरूलाई लक्षितगरी सडक सुरक्षा तालिमपनि प्रदान गरिएको कम्पनीले जनाएको छ ।

यस अवसरमा एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, ‘आज हाम्रो लागि साँच्चै गौरवको दिन हो। ७० वर्षको यो यात्रामा विगत ४० वर्षदेखि हामी यामाहासँगको साझेदारीमा छौं, जुन हाम्रो लागि पनि गर्वको विषय हो।’

यामाहाले युवाहरूलाई प्रेरणा दिने इनोभेटिभ, स्टाइलिश र पर्फर्मेन्समा उत्कृष्ट सवारीहरू ल्याइरहँदा यो साझेदारी अझ धेरै वर्षसम्म अघि बढिरहनेमा आफूहरु विश्वस्त रहेको उनले बताए ।

‘यामाहाले स्टाइल र पर्फर्मेन्स दुवैमा अब्बल उत्पादनमार्फत आजका युवाहरूको मनमा गहिरो छाप छोडेको छ। यामाहाका यी गुणहरू नेपाली ग्राहकहरूको चाहनासँग प्रत्यक्ष मेल खान्छन्, किनकि यहाँका उपभोक्ताहरू स्टाइलसँगै विश्वसनीयतालाई पनि उत्तिकै महत्त्व दिन्छन्। यामाहासँगको हाम्रो दशकौं पुरानो सम्बन्ध सधैं नेपाली बजारमा इनोभेसन, जोश र गुणस्तरीय राइड एक्सपिरियन्स ल्याउने साझा उद्देश्यमा आधारित रहँदै आएको छ,’ उनले भने, ‘ यामाहा हाम्रो लागि केवल एउटा ब्रान्ड होइन, यो त हाम्रो मनमा बसेको छ, हाम्रो पहिचानमै मिसिएको छ। यसले हाम्रो जीवन बदलिदिएको छ। यामाहा त हाम्रो नशामा बगिरहेको छ। हो, हाम्रोरगत नै निलो बग्छ!”

यामाहा दैनिक यात्रादेखि रेसिङ हुँदै एड्भेन्चर खोज्नेहरूसम्मका लागि डिजाइन गरिएका विविध र शक्तिशाली उत्पादनहरूको लागि परिचित रहँदै आएको छ । उच्च माइलेज दिने स्कुटर एआईएआई प्रमाणित ७१.३३ किलोमिटर प्रतिलिटर माइलेज भएको यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडदेखि लिएरस्पोर्टी र स्टाइलिस यामाहा आर१५ भी ४ सम्म, यामाहाले सधैं उत्कृष्टताको नयाँ मापदण्ड स्थापितगर्दै आएको कम्पनीले जनाएको छ । सडकमा दमदार उपस्थिति चाहनेहरूका लागि एमटी-१५ भी२ र एफजेड भी३ सिरिज आकर्षणका केन्द्र बनेका छन्, भने एरोक्स १५५ एक स्पोर्टी डिजाइन भएको परफर्मेन्स स्कुटरका रूपमा अगाडि आएको कम्पनीले जनाएको छ । अफ-रोड यात्राका लागि डब्ल्यूआर १५५आर भरपर्दो विकल्पको रूपमा स्थापित भएको छ । यामाहाका सम्पूर्णमेसिनहरू उन्नत जापानी प्रविधिबाट निर्माण गरिएका छन्जसले सुरक्षा, दक्षता र रोमाञ्चक राइडिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।