एमजी विन्डसर ईभी नेपालमा लञ्च, कति पर्छ मूल्य, के के छन् विशेषता ?

0
Shares

काठमाडौं । नेपालका लागि एमजी मोटर्सको आधिकारिक आयातकर्ता एवम् वितरक पारामाउन्ट मोटर्स प्रालिले एमजी विन्डसर इभी नेपालमा लञ्च गरेको छ ।

एमजी विन्डसर इभीको लञ्च, एमजीको नेपाल र विश्वव्यापी यात्रामा अर्को महत्वपूर्ण उपलब्धि भएको कम्पनीले जनाएको छ ।

भारतमा निर्मित यस गाडीले व्यवहारिकता, सुविधा र प्रिमियम डिजाइनलाई एउटै गाडीमा समेट्दै एमजीको इलेक्ट्रिक मोबिलिटी पोर्टफोलियो विस्तार गरेको छ ।

विन्डसर इभीले थप स्पेस, थप कम्फर्ट र थप प्रिमियम फिचरहरू उपलब्ध गराउँछ, जसले यो परिवार र व्यवसायिक व्यक्तिहरूका लागि उत्तम विकल्प बनाउने कम्पनीले जनाएको छ । यसमा १३५° रेक्लाइन हुने एरो लाउन्ज सिटहरू, ६०४ लिटरको ठुलो बुट स्पेस, र १५.६ इन्चको ग्रान्डभ्यू टच डिस्प्ले रहेको छ, जसले गाडीभित्रको अनुभवलाई अझ उचाइमा पुर्याउने कम्पनीले जनाएको छ ।

यसका साथै, विन्डसर इभीमा शक्तिशाली मोटर पावर रहेको छ जसले शहर र हाइवेको ड्राइभलाई सहज बनाउछ । यसको ३८ किलोवाट ब्याट्रीले ३३२ किमी रेन्ज प्रदान गर्छ।

वायरलेस चार्जिङ सुविधाले थप सहजता दिन्छ भने एप्पल र एन्ड्रोइड कारप्ले इन्टिग्रेशनले कनेक्टिभिटीलाई सहज बनाउँछ । प्रिमियम अपिल बढाउन यसमा लेदरेट सिटहरू र स्मार्ट फ्लश डोर ह्यान्डल पनि राखिएका छन् ।

सुरक्षाका लागि यसमा ६ वटा एयरब्याग राखिएको छ, साथै यो आईपी६७ रेटेड भएको र ३९ वटा कडा सेफ्टी टेस्टहरू पार गरेको कम्पनीले जनाएको छ । ६ स्पिकर सिस्टमले गाडीभित्रको मनोरञ्जन अनुभवलाई अझ उत्कृष्ट बनाउँछ भने १८६ मिमि ग्राउन्ड क्लियरेन्सले सबै बाटोमा सहज र आत्मविश्वासी ड्राइभ सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।

यसका दुई भेरियन्ट नेपालमा उपलब्ध हुने छन् । एक्साइटको मूल्य ३७ लाख ९९ हजार र एक्स्क्लुसिभको मूल्य ३९ लाख ९९ हजार तोकिएको छ ।

ग्राहकहरूको मनोबल र भरोसा बढाउन, विन्डसर इभीमा ८ वर्षको ब्याट्री वारेन्टी रहेको छ। साथै, नेपालभर फैलिएको एमजीको डिलर नेटवर्कले बिक्री र सर्भिसमा उत्कृष्ट सेवा अनुभव गराउने कम्पनीको दाबी छ ।

एमजी मोटर्स नेपालका प्रवक्ता सुनील बहादुर क्षेत्रीले भने, ‘एमजी विन्डसर इभीले स्पेस, कम्फर्ट र प्रिमियम फिचरहरूलाई एउटै विद्युतीय यात्रा अनुभवमा समेटेको छ। हामी विश्वस्त छौं कि यसले नेपालमा इलेक्ट्रिक मोबिलिटीको नयाँ आयाम स्थापित गर्नेछ।’

नेपालमा उपलब्ध अन्य एमजी गाडीहरूमा एमजी ४ इभी, एमजी कोमेट इभी, एमजी जेडएस इभी, र एमजी एस ५ इभी छन् ।