जापानले गर्‍यो चार नेपाली नागरिकलाई निष्कासन

2.1k
Shares


काठमाडौं । जापानले चार नेपाली नागरिकलाई निष्कासन गरेको छ।

गैरकानुनी रूपमा बस्दै आएका उनीहरूलाई जापानको अध्यागमनले निष्कासन गरेको हो।

निष्कासनमा पर्नेमा काशीराम विक, सोहनबहादुर मगर, श्यामलाल लामा र पेमा वाङ्गेल शेर्पा रहेका छन्। उनीहरूलाई विभिन्न एयरलाइन्सको विमानबाट नेपाल फर्काइएको हो। स्रोतका अनुसार उनीहरूलाई गत साता काठमाडौं फर्काइएको हो।

यसअघि पनि जापानको अध्यागमनले सात जना नेपालीलाई निष्कासन गरेको थियो।