जापानले गर्‍यो चार नेपाली नागरिकलाई निष्कासन

2.1k
Shares


काठमाडौं । जापानले चार नेपाली नागरिकलाई निष्कासन गरेको छ।

गैरकानुनी रूपमा बस्दै आएका उनीहरूलाई जापानको अध्यागमनले निष्कासन गरेको हो।

निष्कासनमा पर्नेमा काशीराम विक, सोहनबहादुर मगर, श्यामलाल लामा र पेमा वाङ्गेल शेर्पा रहेका छन्। उनीहरूलाई विभिन्न एयरलाइन्सको विमानबाट नेपाल फर्काइएको हो। स्रोतका अनुसार उनीहरूलाई गत साता काठमाडौं फर्काइएको हो।

यसअघि पनि जापानको अध्यागमनले सात जना नेपालीलाई निष्कासन गरेको थियो।

Skip This