
काठमाडौं । एलईभी ०१ को लेभलअप एक्सचेन्ज कार्निभल सुरू भएको छ ।
नेपालको लागि एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चरले तीनकुनेमा नयाँ शोरुम संचालनमा ल्याएको उपलक्ष्यमा आजदेखि एक्सचेन्ज कार्निभल सुरू गरेको छ । यो कार्निभल एक हप्तासम्म संचालन हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार कार्निभलमा ग्राहकले आफूसँग भएको जुनसुकै पुरानो गाडी एलएस अटोको एलईभी १ एसयूभी साट्न सक्नेछन् ।
साथै, ग्राहकले आकर्षक क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, ६.६ किलोवाटको. वालमाउण्टेड चार्जर, १ वर्षको सडक कर, १ वर्षको इन्स्योरेन्स निःशुल्क पाउने छन् ।
सेग्मेन्टमै सबैभन्दा बढी २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको एलईभी ०१ मा ६७.१२ किलोवाट आवरको ब्याट्रीप्याक दिएको छ । यसले ५०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।
एलईभी ०१ मा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी रहेको छ ।
नेपली बाजारमा एलएस अटोको एलईभी ०१ स्ट्याण्डर्ड एडिसन र कम्फर्ट एडिसन गरी दुई भेरियन्टमा उपलब् ध छ ।
एलईभी ०१ को एसई भेरियन्टको मूल्य ५९.९५ लाख र सीई भेरियन्टको ६४.९५ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया