२३ दिनमै नेपालका ८ कठिन अफ-रोड ट्रेल पार गर्ने पहिलो पिकअप


काठमाडौं । नेपालका अग्ला र दुर्गम ठाउँहरूमा पुग्न सक्षम बनाइएको टुनल्यान्ड जी७ केवल एउटा पिकअप मात्र नभई अत्यन्त सक्षम अफ-रोडर भएको कम्पनीले दाबी गरेको छ ।

यसले २३ दिनको अवधिमा नेपालका सबैभन्दा अग्ला र चुनौतीपूर्ण ८ स्थानहरूको यात्रा सफलतापूर्वक सम्पन्न गरी साहसिक अभियान पूरा गर्ने विश्वकै पहिलो पिकअप बन्न सफल भएको कम्पनीले जनाएको छ । यो केवल परीक्षण मात्र नभई कठिन भौगोलिक अवस्थामा असली क्षमता, विश्वसनीयता र इनोभेसन प्रदर्शन गर्ने एक ऐतिहासिक चुनौती बनेको कम्पनीले जनाएको छ ।

टुनल्यान्ड जी७ ले आफ्नो यात्रा दार्चुलाको हिकिला (२,३०० मिटर) बाट यात्रा सुरु गरेर नेपालको सीमा कोरला (४,६६० मिटर) सम्म पुग्यो। यो यात्रामा टुनल्यान्ड जी७ ले फलामे (२,४५० मि), खाङ्सार (३,७०० मि), सन्दकपुर (३,६३६ मि), ढोरपाटन (३,००० मि), गुफा पोखरी (२,८९० मि) हुँदै जुम्ला (२,५१५ मि) सम्मका कठिन र दुर्गम गन्तव्यहरू सफलतापूर्वक पार गरेको कम्पनीले जनाएको छ ।

यी सबै स्थानहरू अग्ला मात्र नभई, अप्ठ्यारा ट्र्याकहरू, ठाडा उकालो र असमान भूभागका लागि पनि परिचित छन् । तर टुनल्यान्ड जी७ ले सबै चुनौती सहज रूपमा पार गर्दै आफैंलाई केवल हाइवेका लागि मात्र नभई हिमाली भूभागका लागि पनि निर्माण गरिएको हो भन्ने प्रमाणित गरेको कम्पनीले जनाएको छ ।

१६० हर्सपावर र ३९० एनएम टर्क क्षमतासहितको भएको टुनल्यान्ड जी७ ले अफ-रोड यात्रा क्रममा प्रभावशाली प्रदर्शन गर्यो। आर१८ टायरले हिलो र ढुंगामा उत्कृष्ट ग्रिप प्रदान गरे भने, २२५ मिमि ग्राउन्ड क्लियरेन्सले विभिन्न अवरोधहरू सहजै पार गर्न सक्षम बनायो। यसमा समावेश हिल होल्ड र हिल डिसेन्ट कन्ट्रोल जस्ता एडभान्स्ड फिचरहरूले अत्यन्तै ठाडो उकालो र ओरालोहरूमा पनि गाडीलाई सजिलै नियन्त्रणमा राख्न मद्दत गर्यो ।

कठिन उकालो मार्गहरूमा समेत जी७ को यात्रा सहज, नियन्त्रणयोग्य र विश्वसनीय रहनुले यसको इन्जिनियरिङ क्षमताको प्रमाण दिने कम्पनीको भनाइ छ ।

बाहिरबाट शक्तिशाली देखिने टुनल्यान्ड जी७, भित्री डिजाइन र सुविधाका हिसाबले भने अत्यन्तै आरामदायक र प्रिमियम अनुभव प्रदान गर्ने विश्वास लिइएको छ । चुनौतीपूर्ण यात्राको दौरान, प्यानोरामिक सनरूफ, तातो–चिसो मिलाउन सकिने १२ मोडमा मिलाउन सकिने इलेक्ट्रिक सिट, १२.३ इन्च टचस्क्रिन, स्मार्ट पुश–स्टार्ट र अटोमेटिक एसी लगायतका प्रिमियम फिचरहरूको भरपुर उपयोग गर्दै यात्राको रोमाञ्चकता थप अनुभूत गरेका थिए। यस्ता सुविधाहरूले कठिन यात्रा सहज र स्मरणीय बनाए, जसले यात्रुहरूमा टुनल्यान्ड जी७ प्रतिको आत्मविश्वास र सन्तुष्टि झनै बढाएको कम्पनीको दाबी छ ।

यो यात्रा नेपालमै सञ्चालन गरिएको विस्तृत परीक्षण अभियानको एक महत्वपूर्ण हिस्सा रहेको र यसको मुख्य उद्देश्य केवल शोरुममा गाडी प्रदर्शन गर्नु नभइ, प्रत्यक्ष रूपमै गाडीको क्षमताको प्रमाण देखाउनु भएको कम्पनीले जनाएको छ ।

विशेषगरी विश्वका कठिनतम भूभागहरूका लागि डिजाइन गरिएको टुनल्यान्ड जी७ ले आफूलाई केवल सक्षम पिकअपको रूपमा मात्र होइन, नेपालमा ४x४ पिकअपको परिभाषा नै पुनःनिर्धारण गर्ने सवारीको रूपमा स्थापित गरिरहेको कम्पनीले जनाएको छ ।

एमएडब्लू वृद्दि कमर्शियल भेइकल प्रालि नेपालको व्यावसायिक सवारी क्षेत्रको प्रमुख कम्पनी हो।