
आज विक्रम संवत् २०८२ असार १३ गते, शुक्रवार । अङ्ग्रेजी क्यालेन्डर अनुसार सन् २०२५ जुन २७ तारिख। शक संवत् १९४७। नेपाल संवत् ११४५ दिल्लाथ्व। संवत्सर सिद्धार्थी। सूर्य उत्तरायण। ऋतु ग्रीष्म। आषाढ शुक्लपक्ष द्वितीया दिउँसो १:२१ बजेसम्म, त्यसपछि तृतीया। नक्षत्र पुनर्वशु बिहान ९:४८ बजेसम्म, त्यसपछि तिष्य। योग व्याघात राति १२:२४ बजेसम्म, त्यसपछि हर्षण। करण कौलव दिउँसो १:२१ बजेसम्म, त्यसपछि तैतिल राति १२:४९ बजेसम्म, त्यसपछि गर। चन्द्रमा कर्कट राशिमा। आनन्दादि योग लुम्ब। सूर्योदय बिहान ५:१२ बजे। सूर्यास्त साँझ ७:०२ बजे। दिनमान १३ घण्टा ५० मिनेट। विशेष: श्री जगन्नाथ रथयात्रा।
मेष
कृषिजन्य उत्पादन, अर्गानिक खेती, पशुपालन वा सीपमूलक तालिममा लगानी लाभदायक हुनेछ। आम्दानीका नयाँ स्रोतहरू देखा पर्ने सम्भावना छ । परिवारको सहयोगबाट मनोबल बढ्नेछ। सन्तानको साथ सहयोग पाउनु हुनेछ। टाउको दुख्ने वा मानसिक तनावको सम्भावना भएकाले ध्यान दिनुहोस्।
वृष
सौन्दर्य सामग्री, विलासी वस्तु तथा अनावश्यक ब्रान्डेड सामानमा लगानी गर्दा घाटा हुने देखिन्छ। वित्तीय निर्णयहरू सोचविचार गरेर गर्नुहोस्। पारिवारिक जीवनमा सन्तुलन कायम राख्नुपर्ने परिस्थिति आउन सक्छ। पेटसम्बन्धी गडबडी वा अपचको समस्या सताउन सक्छ।
मिथुन
शिक्षा, परामर्श, सञ्चार र यात्रा सम्बन्धी क्षेत्रमा लगानी शुभ रहनेछ। नयाँ योजना सार्वजनिक गर्न सकिने समय छ। परिवारमा मिठास र समझदारी रहनेछ। दाजुभाइ वा साथीभाइसँग सहकार्यमा सफलता मिल्नेछ। पुराना रोग सताउन सक्ने हुँदा सावधानी अपनाउनुहोस्।
कर्कट
घरेलु उद्योग, जलस्रोत, दूध तथा कृषि उपकरणमा लगानी लाभदायक हुनेछ। सन्तानसँग सम्बन्धमा मिठास बढ्नेछ। पारिवारिक सुखद वातावरणले मन प्रशन्न बनाउनेछ। छालासम्बन्धी एलर्जी वा हात खुट्टा दुख्ने समस्या देखिन सक्छ।
सिंह
मिडिया, कला, प्रकाशन तथा भाषिक क्षेत्रमा लगानी गर्ने अनुकूल समय हो। पारिवारिक वातावरण धार्मिक र सुसंस्कारी बन्नेछ। बुज्रुकको सल्लाह उपयोगी हुनेछ। रक्तचाप, माइग्रेन वा अनिद्राको समस्या देखा पर्न सक्छ।
कन्या
जल, वन, वातावरण, विज्ञान प्रविधि तथा शिक्षामा लगानी राम्रो हुनेछ। प्रेम जीवनमा गहिरो समझदारी कायम रहनेछ। सन्तानको व्यवहारबाट गर्व महसुस हुनेछ। मानसिक रूपले सन्तुलित बन्ने समय हो।
तुला
प्रविधि, भवन निर्माण तथा नयाँ व्यवसायमा लगानी गर्दा दीर्घकालीन लाभ मिल्नेछ। परिवारमा मेलमिलाप र सन्तुलन रहनेछ। घरको साजसज्जामा लगानी गर्न सकिने समय हो। घुँडा वा जोर्नी दुख्ने सम्भावना छ, सजग रहनुहोस्।
वृश्चिक
निर्माण सामग्री, धातु वा शारीरिक श्रममा आधारित काममा लगानी नगर्नुहोस्। पारिवारिक उल्झनले मानसिक तनाव दिन सक्छ। पुराना रोग दोहोरिन सक्ने सम्भावना छ, नियमित स्वास्थ्य जाँच गर्नु उचित हुन्छ।
धनु
डिजिटल प्रविधि, परामर्श सेवा, वैदेशिक व्यापार तथा अध्ययनमा लगानी फाइदाजनक रहनेछ। पारिवारिक जिम्मेवारीमा साथ पाउनुहुनेछ। प्रेम जीवनमा विश्वासको आधार बलियो बन्नेछ। घाँटी, कपाल वा चिसोको असर देखिन सक्छ।
मकर
बीमा, जलस्रोत, बैंकिङ वा लगानीमा आधारित क्षेत्रमा ध्यान केन्द्रित गर्दा फाइदा मिल्नेछ। वैवाहिक सम्बन्धमा सामञ्जस्यता देखिनेछ। घरायसी खर्च बढे पनि व्यवस्थापन गर्न सकिनेछ। पाचनतन्त्रमा समस्या देखिन सक्छ, आहार–विहारमा ध्यान दिनुहोस्।
कुम्भ
धातु, औद्योगिक सामग्री, सोलार वा मेशिनरी क्षेत्रमा लगानी गर्दा दीर्घकालीन लाभ पाउनेछ। पारिवारिक निर्णयमा सहमति जुट्नेछ। प्रेम सम्बन्धमा सानो तिनो असमझदारी आउन सक्छ। टाउको दुख्ने वा रुघाखोकीको सम्भावना छ।
मीन
शिक्षा, सेवा, परामर्श, मेडिकल वा अध्यात्मिक क्षेत्रमा लगानी लाभदायक रहनेछ। पारिवारिक साथ र आत्मीयता अनुभव हुनेछ। मन हलुका र प्रफुल्ल रहनेछ। तनाव कम हुनेछ, ध्यान वा योगले फाइदा पुग्नेछ।







प्रतिक्रिया