
काठमाडौं । सरकारी स्वामित्वको कालिमाटी तरकारी बजारमा बुधबार ठूलो गोलभेडा प्रतिकिलो ६३.८० रुपैयाँमा थोकमा बिक्री भएको छ ।
यस्तै लोकल सानो गोलभेडा २६.६०, टनेल सानो गोलभेडा ३८.८०, रातो आलु ४०.८०, मुढे रातो आलु ३४, प्याज ४०.८०, गाजर लोकल ७६, गाजर तराई ४१.२०, बन्दा लोकल ३०.२०, स्थानीय काउली ५७.६०, लाम्चो भान्टा १७.४०, डल्लो भान्टा ३०.२०, तने बोडी २२, मटरकोशा १४६, घिउ सिमी लोकल ४१.२०, घिउ सिमी हाइब्रीड ३०, घिउ सिमी राजमा १०५, टाटे सिमी ४८.७५, तिते करेला ३० र लौंका १८ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तै परवर लोकल २८.७५, परवर तराई ३५, घिरौला ३४, पाकेको फर्सी ४२.८०, हरियो फर्सी लाम्चो ३६.२५, हरियो फर्सी डल्लो ३३, भिण्डी ३६.२०, पिडालु ९५, स्कुस ४४, रायो साग ३८.७५, पालुङ्गो साग ४१, तोरीको साग २८, प्याज हरियो ८६.६७, कन्ये च्याउ १४६, डल्ले च्याउ ३४८, कुरिलो २६२ र न्युरो २७ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यसैगरी ब्रोकाउली ६४, बन्दा रातो ८०, जिरीको साग ९२.५०, सौंफको साग १००, तामा ११०, तोफु १२६.६७, गुन्द्रुक ३२०, लोकल काक्रो ४६.५०, रुख कटहर ५६.६७, अदुवा १००, हरियो खुर्सानी ४०, भेडे खुर्सानी ५९ र नेपाली लसुन १५३.३३ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।







प्रतिक्रिया